कैलालीमा सापटीकाे पैँसा फिर्ता गर्ने निहुँमा काेठामै छिरेर बलात्कार, युवक पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा महिलामाथि बलात्कार गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भजनी नगरपालिका-७ हिक्मतपुर बस्ने २८ वर्षीय सुनिल डगाैरा रहेकाे प्रहरीले जनाएको छ ।

Nast Ad

जिल्ला प्रहरी कार्यालयकाअनुसार डगाैरालाई शनिबार पक्राउ गरिएको हाे ।

डगाैरा भजनीकै स्थानीय महिलाबाट सापटी वापत लिएकाे पैँसा फिर्ता गर्न भन्दै गएराति १० बजेतिर उनकाे घर पुगेका थिए ।

घरभित्र प्रवेश गरि काेठा बन्द गरेर आफूमाथि ती युवकले बलात्कार गरेकाे आराेप महिलाले लगाएकी छन् । उनलाई
नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...