सरकारले सुदूरपश्चिमका योजना कटौती गरेको भट्टको आरोप

cp new add
Nisharg hospital

२१ कात्तिक, धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सरकारले सुदूरपश्चिममा सञ्चालनमा रहेका योजना कटौती गरेको आरोप लगाएका छन ।

Nast Ad

सोमबार आफ्नो निर्वाचन क्षेत्रमा पर्ने गौरिगगा नगरपालिकामा आयोजना गरिएको कार्यकर्ता भेटघाट तथा घर दैलो कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले सरकारले बजेट कटौती गरेपछि यहाँ धेरै योजनाको काम रोकिएको बताए ।

भट्टले प्रादेशिक गौरवका धनगढी–स्याउले–दिपायल द्रुत मार्ग, चौमाला–खैराला, राजिपुर–वालुवागडा, चौकिडाडा–वलानी–फल्टुडे सडक लगायतका विभिन्न नदी तटबन्धका योजनामा बजेट कटौति गरेको बतए ।

बजेट कैटौती गरेर मजदुरको ज्याला समेत रोकिएको बताउदै उनले सरकारले वास्ता नगरी चुप लागेर बसेको आरोप लगाएका छन् । सुखी नेपाली, समृद्ध नेपालको नारा बाकेर देशको बिकासमा लहर वनाएको देखेर सबै दल डराएको टिप्पणी पनि गरेका छन् ।

देशमा विकास भए अरु दलको भागाभाग हुने भन्दै सबेै एक भएर विकासको पक्षमा रहेको एमालेलाई पछि पार्न खाजेको भट्टको भनाई थियो ।

उनले सुदूरपश्चिमको विकासका लागि आफुले महत्वपुर्ण भुमिका खेलेको बताउदै उनले अगामी पाँच वर्षे कार्यकालमा अधुरा योजनालाई पूर्णता दिइने जनाए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...