
२२ कात्तिक, धनगढी । सामान्यतया चन्द्र ग्रहण पूर्णिमाकै दिनमा पर्ने गर्दछ ।

यो चन्द्र ग्रहण यस वर्षको दोस्रो हो तर नेपालबाट देख्न सकिने चन्द्र ग्रहणका रूपमा यस वर्षको यो पहिलो चन्द्र ग्रहण रहेको छ ।
नेपालसहित युरोपको उत्तरपूर्वी भाग, एसियाका सम्पूर्ण देशहरू, अस्ट्रेलिया, उत्तरी अमेरिका लगायत एटलान्टीक र प्यासिफिक किनारका धेरै देशहरूबाट यो चन्द्र ग्रहण देखिनेछ ।
नेपाली आकाशमा भने यस चन्द्र ग्रहण एक घण्टा २३ मिनेट देखिनेछ । ५ बजेर ११ मिनेटमा सुरु हुने चन्द्र ग्रहण साँझ ६ बजेर ३४ मिनटमा सकिने बताइएको छ ।

