कैलालीको घोडाघोडीमा मोटरसाइकलको ठक्ठरबाट पैदलयात्री घाइते

cp new add
Nisharg hospital

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री घाइते भएका छन्।

Nast Ad

आइतबार बिहान करिब ६ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बाप्र०६–००७ प १२६० नम्बरको मोटरसाइकलले पैदलयात्री घोडाघोडी–१ निवासी ४८ वर्षीय ज्ञानचन्द्र उपाध्यायलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका उपाध्यायको दुवै खुट्टा, दाहिने आँखा र छातीमा चोट लागेको छ। उनको सुखडमा उपचार भइरहेको छ।

मोटरसाइकल चालक घोडाघोडी–१ निवासी १८ वर्षीय गोविन्द थापा पनि सामान्य घाइते भएका छन्। दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...