
२२ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकोप्टर सल्यानको खंलगामा आकस्मिक अवतरण भएको छ ।

चुनावी कार्यक्रममा सहभागी हुन सुर्खेत जाने क्रममा मौसम प्रतिकुल भएपछि खलंगामा अवतरण गरिएको उनको सचिवालयले जनाएको छ ।
गोरखाको चुनावी कार्यक्रम सकेर प्रचण्ड कर्णाली र सुदूरपश्चिमका चुनावी सभामा सहभागी हुन लागेका हुन ।केही समय खलंगामा अवतरण भएर पुनः सुर्खेतका लागि प्रस्थान भएको उनको सचिवालयले जनाएको छ ।

