कैलालीमा चाहिने भन्दा धेरै गाडी खरिद,व्यवस्थापन चुनौतीपूर्ण बन्दै

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा आवश्यकताको आकलन र अध्ययन नगरि सार्वजनिक यातायात बढि खरिद गरिएपछि व्यवस्थापनमै चुनौती थपिएको छ ।

Nast Ad

पछिल्लो छोटो दूरीमा चलाइने इलेक्ट्रोनिक सवारीसाधनप्रती बढ्दै गएको आकर्षकणका कारण यातायात प्रा.लिहरुले धमाधम साना गाडीहरु खरिद गर्ने गरेका छन् ।

यातायात व्यवसायीहरुले गाडी थपेको थपै गर्न थालेपनि सार्वजनिक सवारीसाधन चढ्ने यात्रुको अनुुपातको ख्याल नै नगरिएपछि व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेको छ । गाडीहरु धेरै हुँदा रुटपरमिटको समस्या बढेको छ। जसका कारण यात्रुहरुलाई एउटै गाडीले गन्तव्य पुगाउनुपर्नेमा स्थानीय रुटमा धेरै गाडी परिवर्तन गर्नुपर्ने बाध्यता आइलागेको छ ।

धनगढीस्थित बसपार्क, लम्की बसर्पाक र टीकापुर बसपार्कमा विभिन्न १३ वटा समितिले स्थानीय काउन्टर संयुक्त रुपमा सञ्चालन गरेका छन् तर उनीहरुबीच नै अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि विवाद चर्किएको छ । व्यवसायीहरुबीच दैनिकजसो गाडी चलाउने विषयलाई लिएर वादविवादका घट्न बढ्न थालेका छन् ।

तुलनात्मक रुप अन्य प्रा.लि भन्दा पूरानो र ठूलो संस्था मानिएको सुदूरपश्चिम यातायात प्रालिका व्यवसायीहरुले बदमासी गर्ने गरेको अन्य साना व्यवसायीहरुको आरोप छ । बुधबार धनगढीमा भएको विवादका क्रममा समेत सुदूरपश्चिम यातायातका कोषाध्यक्ष गोविन्द बहादुर शाहमाथि साना यातायात प्रालीका व्यवसायीहरुले आक्रोश पोखेका छन् ।

बसपार्कमा भइरहेको छलफलमा उनीहरुले गाडी व्यवस्थापनमा देखिएको अहिलेको समस्यालाई हल गर्न पहलकदमी लिन शाहलाई आग्रह समेत गरेका छन् । उनीहरुले संयुक्त यातायातमा आवद्ध भएर बस्ने तर बदमासी गर्ने गरेको आरोप पनि लगाएका छन् ।

संयुक्त यातायातमा अहिले १३ वटा प्रालिका व्यवसायीहरु आवद्ध छन् । सुदूरपश्चिम, पश्चिम स्टार, रिभर साइड, गोदावरी यातायातका गरेर धनगढीदेखि टीकापुर चल्ने ६५ र टीकापुरदेखि धनगढी चल्ने ४६ साना हाइस रहेको व्यवासीहरु बताउँछन् । गाडीको संख्या धेरै र यात्रुको अनुपात कम भएकाले समस्या भइरहेको छ ।

कतिपयले थप गाडी कुनै पनि प्रालिले नथप्ने र अहिलेकैलाई व्यवस्थित रुपमा चलाउनुपर्ने सुझाव दिएका छन । तर समस्याको हल भने कसरी हुन्छ भन्ने कुराको टुंगो लाग्न बाँकी छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...