भारतको बेंगलुरुमा नेपाली सुरक्षा गार्डको हत्या, बाबुको हत्या आरोपमा छोरा पक्राउ

cp new add
Nisharg hospital

वैदेशिक रोजगारीका लागि भारतको बेंगलुरु पुगेका एक नेपाली नागरिकको आफ्नै छोराबाट वीभत्स हत्या भएको छ। कालिकोट जिल्ला घर भई बेंगलुरुको पनाथुर–बेलागेरे क्षेत्रमा सुरक्षा गार्डको रूपमा कार्यरत ५२ वर्षीय चन्द्र बहादुर शाहीको घरायसी विवादका क्रममा हत्या भएको हो। हत्याको आरोपमा मृतकका छोरा ३४ वर्षीय द्रोण बहादुर शाहीलाई स्थानीय वरथुर थानाको प्रहरीले तत्कालै पक्राउ गरी कानुनी कारबाही अगाडि बढाएको छ।

Nast Ad

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आइतबार राति कोठामा सुत्ने ओछ्यानको विषयलाई लिएर बाबु–छोराबीच सामान्य विवाद सुरु भएको थियो। दुवै जनाले मदिरा सेवन गरेको अवस्थामा विवाद झन् उग्र बन्दै गएपछि छोरा द्रोण बहादुरले कोठामा रहेको फलामको रड उठाएर बुबा चन्द्र बहादुरमाथि निर्ममतापूर्वक प्रहार गरेका थिए्र

रड प्रहारबाट बुबाको टाउको र शरीरमा गम्भीर चोट लागेको थियो। गम्भीर घाइते भएका बुबालाई उपचारका लागि गुन्जुरस्थित एक निजी अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा उहाँको मृत्यु भएको बेंगलुरु प्रहरीले जनाएको छ।

मृतक चन्द्र बहादुर शाहीले विगत लामो समयदेखि बेंगलुरुका विभिन्न अपार्टमेन्टमा सुरक्षा गार्डको काम गर्दै आउनुभएको थियो भने छोरा द्रोण बहादुर पनि केही समयअघि मात्रै रोजगारीको खोजीमा बुबासँगै बस्न बेंगलुरु पुगेका थिए। एउटै कोठामा बस्ने क्रममा भएको यो आत्मघाती घटनाले भारतमा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ।

वरथुर प्रहरीले आरोपी द्रोण बहादुर शाहीविरुद्ध कर्तव्य ज्यानको मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर हिरासतमा राखेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...