५ वर्षमा समृद्ध र आत्मनिर्भर नगर बनाउने सपना देखेका मेयर चैसिर

Nisharg hospital
Bogtan

६ साउन, धनगढी । गत ३० बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निवर्तमान मेयर समेत रहेका कांग्रेसका हंशराज भट्टलाई पराजीत गर्दै एमालेका नरसिंह चैसिर मेयरमा विजयी भए । १०१२६ मतान्तरले मेयरमा निर्वाचित भएका चैसिरले ५०१३ मत ल्याउँदा प्रतिद्धन्द्धी भट्टले ३८८७ मत मात्र पाएका थिए । लामो समय शिक्षण पेशामा आवद्ध चैसिर नेकपा एमालेको महाकाली नगर कमिटि अध्यक्ष समेत हुन् ।

२०३८ सालमा महाकाली नगरपालिका–९ को दत्तुमा जन्मिएर अंग्रेजी विषयमा स्नातकोत्तर गरेका चैसिरसँग १० वर्षे शिक्षण अनुभव छ । अघिल्लो पटक २०७४ सालमा मेयरमा पराजीत भएका चैसिरले यसपाली भने महाकाली नगरपालिकाको बागडोर सम्हाल्ने सुनौलो अवसर पाएका छन् । बेतिथि र विकृतिविरुद्ध खरो उत्रिने चैसिरले योजनाबद्ध विकासको खाका बनाउदै कामको सुरुवात गरेको बताएका छन् । प्रस्तुत छ, महाकाली नगरपालिकाका मेयर चैसिरसँग गरिएको कुराकानीमा आधारित यो संक्षिप्त सामाग्रीको सम्पादित अंश : 

kmc
Nast
suklaphata

बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा महाकाली नगपरपालिकाका जनताले समग्र नगरको विकासका निमित्त मलाई नेतृत्व गर्न, बेसहारा तथा विपन्न परिवारको अभिभावक बन्न जिम्मेवारी दिनुभएको छ । उहाँहरुको अमूल्य मतको कदर गर्र्दै नगरबासीको हक हितमा काम गर्न चाहान्छु । हामी महाकाली नगरपालिकाको शिक्षाको विकासमा विशेष जोड दिएर काम गछौँ त्यसको सुरुवात पनि भइसकेको छ । खासगरी बालबालिकाहरुलाई सीप मुलक शिक्षा दिनुपर्ने अहिलेको आवश्यकता हो । व्यवहारिक शिक्षाले बालबालिकामा लुकेको प्रतिभाको प्रस्फुटन गर्छ तर यो कुरा एकै पटक पूर्ण रुपले गर्न सम्भव छैन । योजनाबद्ध रुपले अभिभावक, शिक्षक र विद्यार्थीको सक्रियताले मात्र शिक्षण सिकाइ प्रभावकारी हुन्छ । कुन बच्चालाई कस्तो प्राविधिक शिक्षा र सीप दिन आवश्यक भन्ने कुराको पहिचान गरेर राष्ट्र सेवक र आत्मनिर्भर बनाउने लक्ष्यअनुसार अघि बढेका छौँ ।

बेरोजगारी यहाँको सबैभन्दा ठूलो समस्याका रुपमा रहेको छ । स्थानीय स्रोतको समुचित प्रयोग गर्दै बेरोजगारी समस्यालाई सामाधान गर्न स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यलाई हामीले विशेष प्राथमिकता दिएका छौँ । विज्ञहरुसँगको समन्वय र सल्लाहमा सोहीअनुसारको नीति बनाइएको छ । स्वास्थ्य सेवाका दृष्टिकोणले अचानक दुर्घटना भएको अवस्थामा प्राथमिक उपचार समेत नपाउने स्थितीका वडाहरु छन् । ती वडामा स्वास्थ्य सेवा विस्तार गर्ने काममा लागेका छौँ । यहाँका ग्रामीण सडक छन् तर बिना अध्ययन र बिना डीपीआर बनेकाले जोखिममा छन् ।

तीनलाई सुधार गर्ने, कालोपत्रे गरेर पक्की सडक निर्माणको योजना छन् । हाम्रो मुख्य पेशाका रुपमा रहेको कृषिलाई परम्परागत शैलीबाट आधुनीकीकरण गर्ने, कृषि पेशामा भएका समस्याको पहिचान गरी सामाधान खोज्ने, कृषि उपजको बजारीकरण गर्ने जस्ता काम गर्न पनि हामी प्रतिबद्ध भएर लाग्छौँ । दार्चुला जिल्ला भारतसँग सीमा जोडिएको र सीमा समस्याका दृष्टिकोणले संवेदनशील जिल्लामा पर्ने कुरा सबैलाई थाहै भएको कुरा हो । स्वभाविक रुपमा सीमा समस्याले यहाँको सामाजिक, आर्थिक र व्यवहारिक पक्षमा प्रभाव पार्ने भयो नै ।

तर महाकाली नगरपालिका जिल्ला सदरमुकाम र भारतसँग जोडिएको पनि भएकाले यस्ता समस्याहरु सरकारी संयन्त्र, राजनीतिक दल, त्यहाँको प्रदेश र स्थानीय सरकारसँग समन्वय र सहकार्यमा सामाधान गर्ने कार्यमा पनि लागिरहेका छौँ । दुई देशबीच वषौँदेखिको प्रागाढ सम्बन्धलाई थपि मजबुत बनाउनका लागि आवश्यक प्रयास गर्नेछु ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...