कञ्चनपुरमा निगुरो खोज्न जंगल गएकी महिला बेपत्ता

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरमा निगुरो खोज्न जंगल गएकी महिला बेपत्ता भएकी छन् ।

Nast Ad

कृष्णपुर नगरपालिका–२ को बिरेन्द्र सामुदायिक वन क्षेत्रमा निगुरो खोज्न गएकी अन्दाजी ६२ वर्षीया केशरी बोहरा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले शुक्रबार निगुरो खोज्न जंगल गएकी बोहरा अबेर साँझसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको बताए ।

खबर पाउनासाथ इलाका प्रहरी कार्यालय झलारी र गुुलरियाको टोलीले राती खोजी गरेको थियो तर उनी फेला नपरको रावतले बताए ।

शनिबार बिहानैदेखि फेरि स्थानीयको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले महिलाको खोजी थालेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...