घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर रकम असुल्न खोज्ने पक्राउ, गाँजासहित अन्य सामग्री बरामद

cp new add
Nisharg hospital

धनगढी । रुपन्देहीमा आफूलाई घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

Nast Ad

पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ घर भई हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा डेरा गरी बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन्।

शुक्रबार साँझ करिब ७:३० बजे भैरहवा बजार क्षेत्रमा राणाले आफू जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भएको भन्दै पेस्तोल देखाएर सर्वसाधारणसँग १० हजार रुपैयाँ मागिरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले राणाको शरीर तथा डेरा कोठामा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको नक्कली रिभल्भर एक थान, सवारी चालक अनुमतिपत्र एक थान, ५ सय ग्राम गाँजा, भिभो कम्पनीको एन्ड्रोइड मोबाइल एक थान र नगद २ हजार ६ सय रुपैयाँ बरामद गरेको जनाएको छ।

बरामद सामग्रीसहित राणालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...