
धनगढी । कञ्चनपुरमा जुवातास खेल्दै गरेका ६ जनालाई पक्राउ परेका छन् ।

लालझाडी गाउँपालिका–२ कसुवास्थित एक टेन्ट हाउसका सामान राखिएको गोदाममा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका हुन् ।
शुक्रबार राति इलाका प्रहरी कार्यालय शंकरपुरबाट खटिएको प्रहरी टोलीले गोदाममा छापा मारेर स्थानीय ३२ वर्षीय दानसिंह रानासहित ६ जनालाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट नगद १५ हजार ९१५ रुपैयाँ र ३ गड्डी तास बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

