कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा अत्तरियाका व्यवसायीको मृत्यु

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियास्थित महेन्द्र राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

Nast Ad

आइतबार दिउँसो भएको दुर्घटनामा कृष्णपुर नगरपालिका–७ निवासी तथा अत्तरियामा व्यवसाय गर्दै आएका ३३ वर्षीय ओमप्रकाश भट्टको उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ।

प्रहरीका अनुसार अत्तरियाबाट पश्चिमतर्फ जाँदै गरेको सुप प्र ०१–०१० प ५११० नम्बरको मोटरसाइकल सडकमा डोर्‍याइएको पाडोसँग ठोक्किएको थियो। त्यसपछि अनियन्त्रित भएको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको सुप प्र ०१–००१ च ४३४७ नम्बरको स्कारपियोमा ठोक्किएको थियो।

घटनापछि प्रहरीले पाडो धनी कृष्णपुर नगरपालिका–१ श्रीपुरका गाजीराम सार्की र स्कारपियो चालक गोदावरी नगरपालिका–१ का सुवास चौधरीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...