कैलालीमा ४ जना लागूऔषधसहित पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।

Nast Ad

जिल्लाको गौरीगंगा नगरपालिका–४ बाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने १० ग्राम ८०० मिलिग्राम लागूऔषधसहित स्थानीय २५ वर्षीय सुरेन्द्र बहादुर धामी र २१ वर्षीय सन्तोष रानामगरलाई मंगलबार दिउँसो पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध ब्युरो धनगढीबाट संयुक्त रूपमा खटिएको टोलीले उनीहरूको साथबाट उक्त लागूऔषधसहित नगद ३७ हजार १५० रुपैयाँ पनि बरामद गरेको प्रहरीले जनाएको छ।

यस्तै, टीकापुर नगरपालिका–३ रामपुरबाट १ ग्राम १८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित स्थानीय २६ वर्षीय प्रशान्त चौधरी र १९ वर्षीय समिर चौधरीलाई मंगलबार बेलुका पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...