कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी। कञ्चनपुर प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतका प्रहरी इकाइले गरेको कारबाहीमा खैरो हेरोइन तथा नियन्त्रित लागूऔषधका एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ।

Nast Ad

प्रहरीका अनुसार जिल्ला प्रहरी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले भीमदत्त नगरपालिका–७ बैद्यनाथ उदय टोलमा शंकास्पद अवस्थामा रहेका २२ वर्षीय निशान चन्दलाई नियन्त्रणमा लिएको थियो। शरीर तथा साथमा रहेको सामान जाँच गर्दा उनले लुकाइछिपाइ राखेको २ ग्राम ३०० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको म २ प ४२६७ नम्बरको होन्डा साइन मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका–१८ कटानका ३१ वर्षीय प्रदीप नाथलाई होल्डिङ सेन्टर क्षेत्रमा शंकास्पद अवस्थामा रोकी जाँच गरेको थियो। जाँचका क्रममा उनको साथबाट हाइडोक्लोराइडका ३८ एम्पुल र प्रोमेथाइज हाइडोक्लोराइड का ३४ एम्पुल गरी जम्मा ७२ एम्पुल नियन्त्रित लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...