पाथीभरा माताको कर्तुतको विषय सदनमा उठ्यो, कारबाही गर्न सांसद खड्काको माग

cp new add
Nisharg hospital

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा ‘पाथीभरा माता’ का नाममा एक महिलामाथि भएको अमानवीय व्यवहार र हिंसाको विषय प्रतिनिधिसभाको बैठकमा उठेको छ । नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सो घटनाको घोर भर्त्सना गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरे ।

Nast Ad

सांसद खड्काले सुर्खेत जिल्ला, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ स्थित पाथीभरा मन्दिरमा भएको घटनाबारे सदनलाई जानकारी गराएका थिए । उनका अनुसार विगत ५–६ वर्षदेखि ‘पाथीभरा माता’ आफ्नो शरीरमा उत्पत्ति भएको दाबी गर्दै समीर थापा नामका व्यक्तिले मन्दिर स्थापना गरेर झारफुक गर्ने काम गर्दै आएका थिए ।

‘गत शनिबार साँझ एक स्थानीय महिला आफूलाई बोक्सी लागेको भन्दै झारफुकका लागि सो मन्दिरमा पुग्नुभएको थियो,’ सांसद खड्काले भने, ‘त्यहाँ सुमेरु थापाले ती महिलामाथि अत्यन्तै अपमानजनक र अमानवीय व्यवहार गरेका छन् । उनले आफ्नै फेसबुक लाइभमार्फत महिलालाई कुटपिट गर्ने, लात्ताले हान्ने र आफ्नो खुट्टा चटाउने जस्ता घृणित कार्य गरेको देखिएको छ ।’

सांसद खड्काले यो घटनाले सिङ्गो समाजलाई नै लज्जित बनाएको टिप्पणी गरे । उनले अन्धविश्वासका नाममा महिलामाथि हुने यस्तो हिंसा र अमानवीय व्यवहार कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । ‘महिलामाथि भएको यो जघन्य हिंसा हो,’ उनले भने, ‘यस्ता कुकृत्यहरू तत्काल बन्द गरिनुपर्छ ।’

थापा हाल प्रहरी हिरासतमा रहेको जानकारी दिँदै सांसद खड्काले घटनाको निष्पक्ष र गम्भीर छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले पीडित महिलालाई न्याय दिन र समाजमा रहेका यस्ता विकृति एवं अन्धविश्वास विरुद्ध कडा कदम चाल्न समेत सरकारसँग माग गरे ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...