
बझाङ । बझाङ बहुविवाह मुद्दामा कैद तोकिएकी युवकी पक्राउ परेकी छन् । बहुविवाह मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेकी जयपृथ्वी नगरपालिका–१० चैनपुरबाट ३१ वर्षीया लक्ष्मी कुमारी वलीलाई पक्राउ गरेको हो।

प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको कमाण्डमा खटिएको टोलीले बिहीबार साँझ उनलाई पक्राउ गरेको हो । जिल्ला अदालत बझाङले २०८२ फागुन ४ गते बहुविवाह मुद्दामा वलीलाई १ वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र २०० रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो।
पक्राउ परेकी वलीको स्वास्थ्य परीक्षणपछि आवश्यक कारबाहीका लागि जिल्ला अदालत बझाङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

