सुनसरी घटनाप्रति राष्ट्रपतिको चिन्ता, आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

cp new add
Nisharg hospital

राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जलगायत क्षेत्रमा उत्पन्न विषम परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक तथा जातीय सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबैमा अपिल गरेका छन्।

Nast Ad

बिहीबार जारी अपिलमा राष्ट्रपति पौडेलले सदियौँदेखि कायम रहेको सामाजिक, धार्मिक र जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप तथा भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको उल्लेख गर्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकलाई आग्रह गरेका हुन्।

राष्ट्रपतिले वर्तमान परिस्थितिलाई यथाशीघ्र सामान्य बनाई नागरिकले शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न सरकार सफल हुने विश्वास व्यक्त गरेका छन्। साथै, समुदायबीच एकता, मित्रता र सहिष्णुता कायम राख्दै परिस्थितिलाई थप जटिल बन्न नदिन सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।

उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरोकारवाला सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रपति पौडेलले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...