
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–११ थाकलटार निवासी ४५ वर्षीय आइतसिंह लामा रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार लामा एक सिंगे गैंडा मारेको कसुरमा १५ वर्ष कैद सजाय र १० लाख रुपैयाँ जरिवाना तोकिएका व्यक्ति हुन्।
उनको घरमा खानतलासी गर्दा एक थान भरुवा बन्दुक समेत बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

