मनसुनजन्य विपद् बढ्दो : २४ घण्टामा एक जनाको मृत्यु, २० घाइते

cp new add
Nisharg hospital

मनसुनजन्य विपद्का कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

Nast Ad

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)का अनुसार शुक्रबार बिहान १० बजेदेखि शनिबार बिहान १० बजेसम्म देशका २५ जिल्लामा ३४ वटा विपद्का घटना भएका छन्। ती घटनामध्ये  सर्पले डस्दा एक जनाको मृत्यु भएको हो।

प्राधिकरणका अनुसार उक्त अवधिमा सर्पदंशका १४, आगलागीका ११, पहिरोका ६ र जनावरको आक्रमणका ३ घटना भएका छन्। ती घटनाबाट करिब २७ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ। साथै, दुई स्थानमा सडक अवरुद्ध भएको र १८ वटा चौपायाको क्षति भएको जनाइएको छ।

यसैबीच, चालु मनसुन अवधिअन्तर्गत वैशाख १ गतेदेखि शनिबार बिहानसम्म देशभर चार हजार ५३ वटा विपद्का घटना भएका छन्। ती घटनामा १९६ जनाको मृत्यु, चार जना बेपत्ता र एक हजार २९१ जना घाइते भएका छन्। विपद्बाट पाँच हजार १८८ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...