कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपके विरुद्ध सम्पत्ति छानबिनको माग

cp new add
Nisharg hospital

काठमाडौं । भारतको ‘कक्रोच जनता पार्टी’   ( सीजेपी )  का संस्थापक अभिजीत दीपकेको सम्पत्ति, आर्थिक स्रोत र राजनीतिक गतिविधिबारे छानबिन गर्न माग गर्दै भारतका विभिन्न सरकारी निकायमा उजुरी दर्ता गरिएको छ।

Nast Ad

भारतीय सञ्चारमाध्यमका अनुसार गुजरातको सुरतका आरटीआई कार्यकर्ता अमित तिवारीले महाराष्ट्र सरकार, भारतको निर्वाचन आयोग र केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड  ( सीबीआईसी )  मा छुट्टाछुट्टै उजुरी दिएका हुन्। उजुरीमा दीपकेको अभियानमार्फत संकलन गरिएको भनिएको चन्दा तथा त्यसको प्रयोगबारे पनि अनुसन्धान गर्न माग गरिएको छ।

महाराष्ट्र सरकारलाई बुझाइएको उजुरीमा अभिजीत दीपकेका पिता भगवानराव दीपके महाराष्ट्र औद्योगिक विकास निगम ( एमआईडीसी )  मा जुनियर इन्जिनियर ( जेई ) पदमा कार्यरत रहेको उल्लेख गरिएको छ। तिवारीले उक्त पदको मासिक तलब करिब ६० देखि ६५ हजार भारतीय रुपैयाँ हुने दाबी गर्दै त्यस्तो आम्दानीबाट परिवारले आफ्ना सन्तानलाई अमेरिकाजस्तो महँगो देशमा अध्ययनका लागि कसरी पठायो भन्ने प्रश्न उठाएका छन्।

उजुरीमा भगवानराव दीपके र उनको परिवारको आयस्रोत तथा सम्पत्तिको निष्पक्ष छानबिन गर्न माग गरिएको छ। आम्दानीको तुलनामा अस्वाभाविक सम्पत्ति भेटिए प्रचलित कानुनअनुसार आवश्यक कारबाही गर्नुपर्ने तिवारीको माग रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...