सिद्धार्थ बैंकका ग्राहकले धनगढीको नोभा हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने

Nisharg hospital

६ साउन, धनगढी । सिद्धार्थ बैंकका ग्राहकले धनगढीको नोभा हस्पिटलमा उपचार गराउदा बढिमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । शुक्रबार सिद्धार्थ बैंकका सुदूरपश्चिम प्रदेशका प्रमुख पवनचन्द्र अधिकारी र नोभा हस्पिटकी कार्यकारी निर्देशक सुमन भट्ट पनेरुबीच भएको सम्झौताअनुसार ग्राहकले विभिन्न सेवा शुल्कमा ५ देखि २० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

swostik

सिद्धार्थ बंैकले आफ्ना ग्राहकले नोभा हस्पिटलबाट फार्मेसी सेवामा ५ प्रतिशत, ल्याब परीक्षण, आईसीयू सेवा, विभिन्न खालका शल्यक्रिया सेवा, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राम, इन्डोस्कोपी र इसीजी सेवामा १०÷१० प्रतिशत र ओपीडी सेवामा २० प्रतिशतसम्म छुट पाउने जनाएको छ ।

हस्पिटलमा सेवा लिने ग्राहकले जुनसुकै डेबिट वा क्रेडिट कार्डबाट भुक्तान समेत गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...