रास्वपा सांसदले सरकारलाई सोधे : मधेशका सामान्य विवादमा पनि किन गोली चलाइन्छ ?

cp new add
Nisharg hospital

काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले मधेश प्रदेशमा हुने सामान्य विवादमा पनि सुरक्षाकर्मीले किन गोली चलाउँछ रु भनेर प्रश्न गरेका छन् । साउन ४ मा कोशीको सुनसरीबाट सुरु भई मधेशका विभिन्न जिल्लामा फैलिएको हिन्दु र मुस्लिम समुदायबीचको विवादका क्रममा सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको थियो ।

Nast Ad

रास्वपा संसद अमेशकुमार सिंह र शिवशंकर यादवले मधेश प्रदेशमा हुने सामान्य विवादमा पनि सुरक्षाकर्मीले लाठी चार्ज नगर्ने, टियर ग्यास नहान्ने सिधै गोली प्रहार गर्ने गरेको भन्दै सरकारसँग असन्तुष्टि जनाएका हुन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर दुवै सांसदले सुरक्षा कर्मीले बल प्रयोग गरेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

रास्वपा सांसद अमरेशकुमार सिंहले मधेश आन्दोलन, थरुहट आन्दोलनलगायतमा जहिले पनि सुरक्षाकर्मीले गोली प्रहार गरेको प्रसंग उठाएका थिए । ”मेरो प्रश्न राज्यसँग छ कि मधेसमा जहिले पनि आन्दोलन हुन्छ, मधेश आन्दोलन होस् कि थरुहट आन्दोलन होस् त्यहाँ गोली मात्र किन चल्छ रु,” सिंहले प्रश्न गरे, ”लाठी, टियर ग्यास किन चल्दैन रु दुनियाँमा नेपालबाहेक कुनै पनि देशमा प्रहरीलाई एसएलआर दिँदैन । पुलिसलाई कसैले ढुंगा हान्यो भने त्यसले त गोली हान्छ । लट्ठी छैन । टियर ग्यास छैन ।”

रास्वपाकै सांसद शिवशंकर यादवले पनि मधेश प्रदेशमा दुई समुदायबीच सामान्य विवाद हुँदा पनि प्रहरीले गोली प्रहार गर्ने गरेको बताए । ”लामो समयदेखि मधेशका नागरिकमाथि सामान्य विवादमा पनि गोली प्रहार गर्ने प्रवृति बढिरहेको छ । त्यसको म घोर भर्त्सना गर्न चाहन्छु,” यादवले भने, ”लोकतन्त्रिक व्यवस्थामा नागरिकको जीवन र सुरक्षा भन्दा ठूलो कुनै पनि विषय हुन सक्दैन । दुई पक्षबीचको सामान्य विवादमा पनि गोली चलाउने प्रवृतिको अन्त्य गर्नुपर्छ ।”

साउन १० गते राति विवाद सुरु भएको कोशी प्रदेशको सुनसरीको कप्तानगन्जको अवस्था र सिरहाको गोलबजारमा प्रहरीले गोली चलाउनुपर्ने अवस्था नरहेको सांसद यादवको दाबी थियो । ”घटनास्थलको अध्ययन गर्दा सुनसरीको घटनास्थलमा पनि म पुगेको छु, सिरहाको गोलबजारको पनि घटनास्थलमा पुगेको छु । कुनै पनि स्थानमा गोली चलाउने अवस्थाको सिर्जना मैले देखेको थिएन,” यादवले भने, ”कुनै पनि स्थानमा टाउको र छातीमा गोली हानेर साम्य पार्नुपर्ने अवस्था थिएन, तैपनि गोली प्रहार भएको छ । त्यसको निन्दा गर्न चाहन्छु ।”

सांसद सिंहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा मधेशी समुदायको प्रवेशलाई बढाउन पनि सरकारलाई सुझाव दिएका छन् । उनले मधेश प्रदेशमा सामान्य विवाद हुँदा पनि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने बताउँदै आगामी दिनमा शिक्षक, चिकित्सक पठाउन आग्रह गरेका थिए । सांसद सिंहले मधेश प्रदेशमा हिन्दु र मुस्लिम समुदायबीच द्वन्द्व चर्किँदा त्यसको अन्त्यका लागि सभापति रवि लामिछानेले खेलेको भूमिकाको प्रसंसा गरेका थिए । प्रधानमन्त्री वालेन्द्र शाहले समयमै राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने र पहलकदमी लिनुपर्नेमा ढिलो गरी मात्र राष्ट्रका नाममा सम्बोधन आएको सिंहले बताए ।

सांसद यादवले भने धार्मिक समुदायबीचको द्वन्द्व अन्त्यका लागि रास्वपा सभापति लामिछाने, प्रधानमन्त्री शाह, प्रमुख प्रतिपक्षी कांग्रेस सभापति गगन थापा र गृहमन्त्री सुधन गुरुङको प्रसंसा गरेका थिए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...