
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले प्रधानमन्त्री वालेन्द्र शाहले सीमाबारे दिएको अभिव्यक्ति संसदको रेकर्डबाट नहटाएको विषयमा सभामुखलाई प्रश्न गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले गत १७ जेठमा संसदमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपालले पनि भारतको भूमि मिचेको रहेछ भनी दिएको अभिव्यक्ति रेकर्डबाट नहटाउनुबारे सभामुख डोलप्रसाद अर्यालको धारणा माग गरेका हुन् । ‘रेकर्डबाट पनि हटाइएको छैन । तपाईंलाई पनि नेपालले भारतको भूमि मिच्छ भन्ने लागेको हो र मेटाउनुभएको छैन । अथवा के हो ? यहाँले पनि भन्दिँदा हुन्थ्यो,’ राईले भने ।
उनले सांसद निर्वाध रूपमा देशमा घुम्न पाउनुपर्ने बताए । ५ साउनमा जनकपुर जाँदा श्रमदातालाई कुटपिट भएको सुनाए ।

