
काठमाडौं । राप्रपाका सांसद ताहिर अली भाटले आफू मुस्लिमको छोरो भएर पनि हिन्दू राष्ट्रको उभिएको पार्टीमा भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाले मारकाटवाला हिन्दु राष्ट्र नचाहेको बताए।

उनले भने, ‘सबै धर्मलाई सद्भाव देखाएर सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली छौँ। विश्वमा सबैको राष्ट्रहरू छ। अब क्रिश्चियनको छ, बुद्धको छ, सबै धर्महरूको राष्ट्र छ। डेढ अरब हिन्दुहरूको राष्ट्र छैन। म मुस्लिमको छोरा भएर म हिन्दू राष्ट्रकै पार्टीमा छु र यो पार्टीले मारकाटवाला हिन्दू राष्ट्र चाहेको छैन।’
उनले सबै मिलेर जाने र एउटा पहिचानको लागि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र मागेको बताए।

