अमेरिकामा अध्ययनरत कैलालीका सुशान्त पन्त सम्पर्कविहीन, परिवारद्वारा खोजीका लागि अपिल

cp new add
Nisharg hospital

धनगढी । अध्ययनका लागि अमेरिका पुगेका कैलालीको गोदावरी नगरपालिका–४ का २७ वर्षीय सुशान्त पन्त साउन १० गते रातिदेखि सम्पर्कविहीन भएका छन्। उनी अमेरिकाको मिजुरी राज्यस्थित सेन्ट लुइस सहरमा रहेको वेबस्टर विश्वविद्यालयमा अध्ययनरत थिए।

Nast Ad

परिवारका अनुसार पन्त २०८० साल पुस ९ गते अध्ययनका लागि अमेरिका गएका थिए। अध्ययनसँगै उनी ग्यास स्टेसनमा कामसमेत गर्दै आएका थिए।

उनका मामा कुन्दन भण्डारीका अनुसार साउन १० गते राति करिब १०:४५ बजे काम सकेर कोठातर्फ फर्किने क्रममा उनी सम्पर्कविहीन भएका हुन्। उनी सेन्ट लुइसको नटिङ्घम एभिन्युस्थित आवासमा बस्दै आएका थिए।

राति अबेरसम्म घर नफर्किएपछि परिवार र आफन्तले मोबाइल तथा अन्य माध्यमबाट सम्पर्क गर्ने प्रयास गरे पनि कुनै सम्पर्क हुन सकेन। त्यसपछि स्थानीय प्रहरीमा खोजीका लागि निवेदन दिइएको परिवारले जनाएको छ।

सुशान्तका बुबा प्रदीप पन्तले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, अमेरिकास्थित नेपाली दूतावास तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी सकुशल खोजीमा सहयोग गरिदिन आग्रह गरेका छन्।

सुशान्तबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा बुबा प्रदीप पन्तको सम्पर्क नम्बर ९७४११०३९४८ मा जानकारी गराइदिन परिवारले सबैसँग अनुरोध गरेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...