सुगौली सन्धिको ‘ओरिजिनल कपी’ भए नभएको यकिन छैन : मन्त्री खनाल

cp new add
Nisharg hospital

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बेलायतसँग भएको १८१६ को सुगौली सन्धि र भारतसँग भएको १९५० को नेपाल–भारतमैत्री सन्धिका औपचारिक सम्झौताको रेकर्ड भएनभएको यकिन नभएको बताएका छन् ।

Nast Ad

सोमबारको प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद निश्कल राईले सोधेको ‘बेलायतसँगको १८१६ को सुगौली सन्धि र भारतसँगको १९५० को नेपाल–भारत मैत्री सन्धिको ओरिजिनल कपी छ कि छैन ?’ भन्ने प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन् ।

“मेरो जानकारीमा आएअनुसार हामीसँग १८१६ को सुगौली सन्धि र १९५० सँग सम्बन्धित केही दस्ताबेजहरू छन् । तर, सन्धिको औपचारिक दस्ताबेज छन छैनन् भन्ने नेपाल सरकारसँग यकिन जानकारी छैन ।”

उनले राष्ट्रिय अभिलेखालयमा दस्ताबेजहरू रहेको जानकारी भए पनि ती औपचारिक सन्धि हुन् कि होइनन् भन्ने हालसम्म यकिन नभएको उनको भनाइ छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...