पूर्णअपाङ्ग किशोरीलाई जबरजस्ती करणी गर्ने व्यक्ति पक्राउ

cp new add
Nisharg hospital

बागलुङ। बागलुङमा पूर्णअपाङ्गता भएकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागलुङको बडिगाड गाउँपालिका–३ बस्ने ३२ वर्षीय होमे पतेल रहेका छन्।

Nast Ad

गत साउन २१ गते दिउँसो करिब १६:३० बजे बडिगाड गाउँपालिका–१ घोरलोकमा विद्यालयबाट घर फर्किँदै गरेकी १७ वर्षीया पूर्णअपाङ्गता भएकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका पतेलमाथि जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिएका छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...