दरबार हत्याकाण्ड छानबिन घोषणा : प्रहरीमार्फत अनुसन्धान अघि बढाउने कि समिति बनाउने भन्नेमै अन्योल

cp new add
Nisharg hospital

काठमाडौँ — दोस्रो पटक गृहमन्त्री बन्नेबित्तिकै सुधन गुरुङले २५ वर्ष पुरानो दरबार हत्याकाण्डको छानबिन अघि बढाउने घोषणा गरे पनि अहिलेसम्म प्रक्रिया अघि बढ्न सकेको छैन । नेपाल प्रहरीमार्फत अनुसन्धान अघि बढाउने कि बेग्लै समिति बनाएर जाने भन्नेमै अन्योल हुँदा अनुसन्धान प्रक्रिया सुरु हुन नसकेको हो ।

Nast Ad

२६ जेठमा गृहमन्त्री बनेको भोलिपल्टै गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहित सुरक्षा निकायका प्रमुख र गृहका उच्च अधिकारीसँग छलफल गरेका थिए । त्यसक्रममा प्रहरीमार्फत अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए । तर प्रहरी अधिकारीले तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको नेतृत्वमा सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपालसमेत भएको समिति गठन भएर प्रतिवेदन बुझाएकाले मन्त्रिपरिषदबाट निर्णय गर्नु उपयुक्त हुने सुझाव दिएका थिए ।

‘पहिल्यै जाँचबुझ आयोग बनेर छानबिन भइसकेकाले फेरि अर्को समिति बनाएर निचोडमा पुग्न सकिँदैन भन्ने बुझाइ प्रहरीको रह्यो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘त्यस्तोमा अहिलेसम्म प्रहरीलाई अनुसन्धान गर्न दिने वा छुट्टै समिति बनाएर निचोडमा पुग्ने भन्ने टुंगो लागेको छैन ।’

गुरुङले केही दिनअघि अन्तर्वार्तामा दरबार हत्याकाण्डमा भइरहेको कामबारे बताउन नमिल्ने उल्लेख गरेका थिए । ‘गृह मन्त्रालय भनेको संवेदनशील सूचना दिने ठाउँ होइन, कतिपय सर्फेस लेभलमा मात्र भन्ने हो,’ उनले भनेका थिए । गृह प्रवक्ता आनन्द काफ्लेले पुरानो प्रतिवेदनको अध्ययन र उपलब्ध तथ्य, प्रमाण संकलन गरेपछि कसरी अघि बढ्ने भन्नेमा निर्णय हुने बताए । ‘कुन मोडालिटीमा जान्छ भन्ने विषय अध्ययनमै छ,’ उनले थपे ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...