नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

cp new add
Nisharg hospital

रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका छन्।

Nast Ad

बेपत्ता हुनेमा सोही ठाउँका शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रहमतुल्लाह, शेख खुरसेदकी १० वर्षीया छोरी रौशन खातुन र शेख ओसी अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेका छन्। स्थानीयका अनुसार उनीहरू मंगलबार दिउँसो करिब २ बजे नदीमा नुहाउन गएका थिए। सोही क्रममा तीनै जना पानीमा डुबेर बेपत्ता भएका हुन्।

घटनाको जानकारी पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी तथा उद्धार कार्य सुरु गरेको छ। सशस्त्र प्रहरी सुरक्षा बेस देवाहीबाट ७ जना र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट ९ जनाको टोली परिचालन गरिएको छ।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटबाट रबर बोटसहितको टोली समेत खोजीमा परिचालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले जानकारी दिए।

बेपत्ता तीनै बालबालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...