कांग्रेसको कटाक्ष, ‘प्रधानमन्त्री कुम्भकर्णको निद्रामा हुनुहुन्छ कि ? ’

cp new add
Nisharg hospital

 

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति आपत्ति जनाएको छ ।

Nast Ad

प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेस सांसद भरतबहादुर श्वारले सीमा विवाददेखि प्रशासनिक ढिलासुस्ती र भ्रष्टाचारका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद श्वारले भारतले नेपालको भूमि मिचेको विषयमा सरकार मौन रहेको भन्दै आलोचना गरे । लिम्पियाधुरा, कालापानी र सुस्ता लगायतका नेपाली भूभाग भारतले मिचिरहेको अवस्थामा प्रधानमन्त्रीले ठोस कदम चाल्न नसकेको उनको आरोप थियो। ‘आफ्नो कार्यकक्षमा अखण्ड नेपालको नक्सा राख्ने प्रधानमन्त्रीले अहिले चुच्चे नक्सा मेटाएर १०० को नोटमा छाप्न किन बाध्यकारी अवस्था आयो ? ’ उनले प्रश्न थियो ।

विद्युत् महसुल, राहदानी, सवारी चालक अनुमति पत्र (लाइसेन्स) र मालपोतका काममा सर्वसाधारणले भोग्नुपरेको सास्तीबारे उनले सरकारलाई सचेत गराए । ‘मालपोतको सानो जग्गा फुकुवा गर्न ६ महिना लाग्दा समेत काम हुँदैन, यसको भुक्तभोगी म आफैँ हुँ,’ उनले भने । अनलाइन सेवाको कुरा गरे पनि व्यवहारमा जनताले दुःख मात्रै पाएको उहाँको टिप्पणी थियो।

सांसद श्वारले आफूले सुदूरपश्चिम र अछामका विकास निर्माणका समस्या राख्न चैत २१ गतेदेखि प्रधानमन्त्रीसँग समय मागे पनि भेट नपाएको गुनासो गरे । उनले भने, ‘तपाईँ कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ प्रधानमन्त्रीज्यू ? यो समग्र सुदूरपश्चिम र अछामका जनतामाथि गरिएको अपमान हो।’ उनले प्रधानमन्त्रीलाई सुदूरपश्चिमका जनतालाई देखावटी माया नगर्न समेत आग्रह गरे ।

भ्रष्टाचारका मुद्दाहरूमा सरकारले दोहोरो मापदण्ड अपनाएको भन्दै उनले सबैका सम्पत्ति र फाइलहरू खोलिनुपर्ने माग गरे ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...