
काठमाडौं । हुम्लाको अदानचुली गाउँपालिका–४ स्थित लौठी खोलामा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

अदानचुली गाउँपालिका–५ कगाईबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ च १६८५ नम्बरको जिप मंगलबार लौठी खोलामा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खडकाका अनुसार ओरालो सडकमा जिप अनियन्त्रित भई सडकमा नै पल्टिएको थियो। जिपमा चालकसहित पाँच जना सवार थिए।दुर्घटनामा अदानचुली गाउँपालिका–५ की २३ वर्षीया बिमला सिंह र ३५ वर्षीय कलक छत्याल घाइते भएका छन्।
घाइते दुवै जनाको उद्धार गरी उपचारका लागि श्रीनगर स्वास्थ्यचौकी पठाइएको डीएसपी खडकाले जानकारी दिए।

