सचिव पोखरेल र अधिकारीले दिए राजीनामा

cp new add
Nisharg hospital

काठमाडौँ । निजामती सेवाको विशिष्ट श्रेष्ठीको पद सचिवबाट दुई सचिवले राजीनामा दिएका छन् ।

Nast Ad

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका सचिव बाबुराम अधिकारी र सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेलले राजीनामा दिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले जानकारी दिए । ‘दुई सचिवले राजीनामा दिनुभएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ,’ प्रवक्ता अर्यालले भने ।

यही साउन १३ गते मात्रै सञ्चार मन्त्रालय सरुवा भएका पोखरेलले दुई सातामै सचिव पदबाटै राजीनामा दिएका हुन् ।पोखरेल राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारीबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएकोमा असन्तुष्ट थिए ।

अधिकारी आगामी भदौ ४ गते अनिवार्य अवकाशमा जाँदै थिए भने डा. पोखरेलको सचिवको कार्यकाल २०८४ भदौ २३ गतेसम्म थियो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...