
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआस्ता साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ समाचार लेखेकै आधारमा पक्राउ गरिनु लोकतन्त्रको उपहास भएको टिप्पणी गरेका छन् । बुधबार राति पत्रकार श्रेष्ठ पक्राउ परेसँगै उनले सामाजिक सञ्जाल फेसबूकमा यसको विरोध गरेका हुन् ।

उनले लेखेका छन्,’नेपालको स्थापित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो।’ प्रचण्डले श्रेष्ठलाई तत्काल रिहाइका लागि समेत माग गरेका छन् ।

