एक महिने गुंला पर्व सुरू

cp new add
Nisharg hospital

काठमाडौं । एक महिनासम्म विशेष तरिकाले मनाइने गुंला पर्व बिधिवत रुपमा सुरू भएको छ ।

Nast Ad

नेपाल संवत् तिथि अनुसार आजबाट एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्ध बिहार परिक्रमा गरी नामसंगीति पाठ गरि यो पर्व मनाइन्छ । नेपाल संवत् तिथि अनुसार गुंला एउटा महत्वपूर्ण महिना हो ।

नेवारी भाषामा ‘ला’ को अर्थ महिना र ‘गुं’ को अर्थ पहाड र जङ्ल भन्ने हुन्छ । विक्रम संवत् अनुसार साउन शुक्लपक्ष प्रतिपदा देखि भाद्र शुक्लपक्ष प्रतिपदा सम्म एक महिनाको अवधि नै गुंला हो ।

बौद्ध धर्मालम्बीहरूले संगीतिक पाठ पूजा गरि चैत्य दर्शन गर्न जाने पुजा जात्रा ( गुंला पर्व ) आजदेखि सुरू भएको छ । एक महिना चल्ने पर्वमा बिहान, दिउँसो र बेलुका प्रत्येक बिहारमा बुद्ध भगवानको संगीतिक पाठ गर्ने परम्परा छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...