कैलालीमा स्रोत नखुलेको साढे १७ लाख भारतीय रुपैयाँसहित दुई युवक पक्राउ

Dhangadhi

७ साउन, धनगढी । धनगढीबाट स्रोत नखुलेको साढे १७ लाख भारतीय रुपैयाँसहित दुई युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरीको केन्द्रीय ब्युरोको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट खटिएको टोलीले धनगढीको अस्पताल रोड नजिकैबाट १७ लाख ६६ हजार ६७० भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

Nisharg hospital

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ बस्ने १७ बर्षीय विबेक चन्द र १८ वर्षिय सरोज धामी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवराज जोशीले जानकारी दिए । उनकाअनुसार पशुपती टोल बस्दै आएका उनीहरु दुवै जनालाई स्रोत नखुलेको उक्त रकम शनिबार बिहान करीब साढे ५ बजेतिर साइकलमा धनगढी चौराहतर्फ लैजादै गरेको अवस्थामा बरामद गरिएको हो ।

add krishi mela

उक्त रकमबारे दुवै जना युवकले सशस्त्र प्रहरीलाई यथार्थ कुरा बताइरहेका छैनन् । बरामद गरिएको रकमसहित उनीहरुलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...