
धनगढी । कञ्चनपुरमा नदीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु भएको छ ।

शुक्लाफाँटा नगरपालिका–९ की १० वर्षीया सन्जु बिष्टको स्थानीय सुनबरा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार नुहाउने क्रममा नदीमा डुबेकी बिष्टको मृत्यु भएको हो ।
प्रहरीले नदीबाट शव निकालिसकेको जनाएको छ । शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल लगिने प्रहरीले जनाएको छ ।

