अछाममा अटो दुर्घटना, एक जनाको मृत्यु

cp new add
Nisharg hospital

अछाम । अछामको मंगलसेन नगरपालिका–५ स्थित सडकमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

Nast Ad

लाछीमानाबाट मंगलसेनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ६११३ नम्बरको अटो शनिबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार मंगलसेन नगरपालिका–३ लाछीमाना निवासी ४८ वर्षीय निर्प बोगटी गम्भीर घाइते भएका थिए।

उनको जिल्ला अस्पताल मंगलसेनमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...