महाकालीमा बेपत्ता खत्रीको अवस्था अझै अज्ञात, प्रहरी श्रीमतीसँग खटपट थियो

cp new add
Nisharg hospital

धनगढी । शारदा ब्यारेजको बीचबाट महाकाली नदीमा हाम फालेका दार्चुलाको लेकम गाउँपालिका–६ का सुुनिल खत्रीको अवस्था अझै अज्ञात छ ।

Nast Ad

खत्रीको खोजी भइरहेपनि अहिलेसम्म अवस्था पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
भारतमा ज्यालादारी गर्दै आएका खत्री बिहीबार राति महेन्द्रनगरस्थित आफ्नो दिदी दिपा धामीको डेरामा पुगेका थिए । शुक्रबार डेराबाट निस्किएका उनी भारततर्फ हिडेका थिए ।

गड्डाचौकी पार गरेपछि आउने शारदा ब्यारेज पुगेपछि खत्रीले दिदी दिपालाई भिडियो कल गरेका थिए । दिदीलाई भिडियो कल गरेर खत्रीले दिदी म गए, त्यसलाई नछाड्नुहोला भनेका थिए भने सामाजिक सञ्जाल फेसबुकमा समेत लाइभ गरेको देखिन्छ ।

भारतीय नागरिकले खत्रीलाई हाम फाल्नुअघि देखेपछि त्यस्तो नगर्न भनेका थिए तर उनले ज्यानका प्रवाह नै नगरि महाकालीमा हाम फालेका थिए । उनकी दिदी दिपाले शारदा ब्यारेजबाट महाकालीमा हाम फालिरहेको कुरा थाहा पाएपछि नेपाल प्रहरीको १०० नम्बरमा तत्काल खबर गरेकी थिइन् । प्रहरी टोली त्यहाँ पुग्न नपाउदै उनले नदीमा हाम फालेको बताइएको छ ।

श्रीमतीसँगको विवादले मानसिक तनावमा थिए

महाकाली हाम फाल्नुुअघि दिदी दिपालाई फोन गरेर सुनिल खत्रीले त्यसलाई नहाडन्होला भनेको व्यक्ति उनकै श्रीमती भएको खुलेको छ । नेपाल प्रहरी समेत रहेकी श्रीमती बिमला भाट जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत छिन् ।

आठ महिनाअघि गत वर्षको मंसिरमा मात्र उनीहरु दुुवैको हिन्दु परम्पराअनुसार विवाह भएको थियो । प्रहरी जवान रहेकी बिमला र सुनिलबीच सम्बन्धमा विवाह गरेको केही समयदेखि नै खटपट हुन थालेको पारिवारीक स्रोत बताउँछ ।

खत्रीकी दिदी दिपाकाअनुसार जापानमा रहेकी बहिनीमार्फत बिमला भाट आफैले सुनिललाई विवाहको प्रस्ताव गरेकी थिइन् । तिम्रो दाई मन पर्यो म उसँग विवाह गर्छु भनेपछि बहिनीले घरमा कुरा चलाएकी थिइन् ।

तर, आफैले रोजेर विवाह गरेका सुुनिल र उनको सम्बन्ध भने बिग्रिदै अहिलेको अवस्थामा आइपुगेको हो । बेपत्ता सुनिलका परिवारकाअनुसार विवाह गर्नुुअघि बेरोजगार अवस्थामा रहेका खत्रीसँग विवाह गरेपछि भविष्यमा उतारचढाव आउन सक्छ समेत भनेका थिए तर उनले आफ्नो जागिरले परिवारको सबथोक व्यर्होर्ने भन्दै विवाह गरेको दाबी गरिएको छ ।

उनले धामी थरका अर्कै पुुरुषसँग सम्बन्ध भएपछि सुुुनिललाई टाढा बनाउन खोजेकी थिइन् । बिमला भाटले खत्रीसँग विवाह भएका बेलाका फोटो, भिडियो समेत सामाजिक सञ्जालबाट मेटाएकी थिइन् । तर, सुनिल खत्री भने उनलाई प्रेम गर्ने गरेको उनले सामाजिक सञ्जालमा लेखेका स्टाटसबाट प्रष्ट हुन्छ ।

हाकालीमा हाम फाल्नुुअघि समेत खत्रीले श्रीमती बिमलाई सम्झाउने प्रयास गरेको एउटा अडियो क्लीप सार्वजनिक भएको छ । उक्त अडियोमा बिमलाले श्रीमान भारतबाट अहिले नै किन नेपाल आएको ? भनेर आक्रोश पोखेको सुनिन्छ भने उद्देश्य पूरा गरि छिटो भारततिरै फर्किन भनेका छन् ।

सुनिलले विवाह गर्नुुअघि नै केटी मन पर्ने कुरा किन नभनेको भनेका छन् । तर बिमलाले आफ्नो अधिकारको कुरा भएको बताउँदै जे पो गरौँ भनेकी छन् । श्रीमती बिमलासँगको वादविवादकै कारण खत्री तनावमा परेको देखिन्छ ।त्यसपछि नै उनले महाकाली नदीमा हाम फाल्ने निर्णय लिएको देखिएको छ । उनका आफन्तले बिमलाकै कारण खत्री यो अवस्थामा पुगेकाले उनलाई कारवाही हुनुपर्ने माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी जवान बिमला भाट महाकालीमा हाम फालेर श्रीमान बेपत्ता भएपछि पछुुतो मानिरहेकी छन् । खत्रीका परिवारका सम्पर्कमा रहेकी भाटले श्रीमानसँग वादविवाद हुने गरेको भएपनि यो तहको निर्णय लिन्छन् भन्ने कुरा कल्पनासम्म नगरेको भन्दै आफूबाट गल्ती भएको बताइरहेकी छन् ।

बिरामी रहेको भन्दै भाटले जिल्ला प्रहरी कार्यालयबाट ७ दिनअघि मात्र बिदाम लिएकी थिइन् । शनिबारसम्म उनी बिदामै रहेको बुझिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...