२३ दिन पैदल हिँडेर काठमाडौं आएका लघुवित्त पीडित धर्नामा, तान्त्रिक झाँक्री संघले खाना खुवाउँदै

cp new add
Nisharg hospital

काठमाडौँ । सर्लाही, धनुषासहित मधेसका विभिन्न जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौँ आइपुगेका लघुवित्त पीडितहरू ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोग बाहिर धर्ना बसिरहेका छन्।

Nast Ad

गत शुक्रबार आयोगलाई ध्यानाकर्षण पत्र बुझाएर उनीहरू धर्ना बसेका हुन्। आफ्ना माग पूरा नभएसम्म धर्ना कार्यक्रम जारी राख्ने उनीहरूले बताएका छन्।

यसैबिच, फुको चिउराका भरमा धर्ना बसिरहेका लघुवित्त पीडितहरूलाई नेपाल तान्त्रिक झाँक्री सङ्घ नामक संस्थाले खाना खुवाइरहेको छ । काठमाडौँको माकलबारीमा रहेको उक्त संस्थाले शनिबार बिहानदेखि त्यहीँ खाना पकाएर ललितपुर ल्याई धर्नामा बसेकाहरूलाई वितरण गरिरहेको जनाएको छ।
Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...