गृहमन्त्रीसँग वार्ता गर्नका लागी गरिमाका आमा–बुवालाई काठमाडौं लगियो

cp new add
Nisharg hospital

बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवालाई काठमाडौं लगिएको छ ।

Nast Ad

गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्नका लागि उनलाई काठमाडौं लगिएको जानकारी गराइएको छ । शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताको साथमा काठमाडौं पठाइएको हो ।

गरिमाका आमा–बुवालाई आन्दोलनरत स्थानबाट इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले प्रहरीकै गाडीमा ल्याएर एयरपोर्टमा बोर्डिङ पास गराएका छन् । उनीहरूको साथमा स्थानीय अभियन्ता कपिल खरेल, सम्राट उपाध्याय, नवराज कार्की लगायत ७ जनाको टोली वार्ताका लागि काठमाडौं लागेको हो ।

काठमाडौ जानुअघि मृतकका बुवा मनोज चौधरीले स्थानीयबासीलाई आफ्नो छोरीको न्यायको लागि आन्दोलन जारी राखिदिन आग्रह गरेका थिए ।

प्रहरी र केही अभियन्ताले वार्ताका लागि काठमाडौं लैजाने योजना गोप्य रूपमा बनाएको भन्दै स्थानीयले सिमरा विमानस्थल अगाडि पनि प्रहरी विरुद्ध नाराबाजी गरेका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...