डडेल्धुराकी मन्जुविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि खाएकी थिइन् जागिर

cp new add
Nisharg hospital

धनगढी । डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित श्री भगवती प्राथमिक विद्यालय, पर्सेरावलमा कार्यरत बालविकास सहजकर्ता मन्जु देवी बोहराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

Nast Ad

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बोहराले बालविकास सहजकर्ता पदमा नियुक्ति हुँदा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै उजुरी परेको थियो। सोही उजुरीमाथि अनुसन्धान गर्दा उनले भारतको उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद्बाट हाईस्कुल परीक्षा उत्तीर्ण गरेको भनी परीक्षा–२०१० को मार्कसिट, प्रमाणपत्र र प्रव्रजन प्रमाणपत्रसमेतका झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र बनाई वा बनाउन लगाई तयार गरी नियुक्तिका क्रममा पेस गरेको देखिएको आयोगले जनाएको छ।

नक्कली प्रमाणपत्रका आधारमा बोहराले आलिताल गाउँपालिका–५ स्थित श्री भगवती प्राथमिक विद्यालयमा राष्ट्रसेवक बालविकास सहजकर्ताको पदमा नियुक्ति लिई बहाल रहँदै पारिश्रमिक, भत्ता लगायतका लाभ–सुविधासमेत प्राप्त गरेको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ।

आयोगका अनुसार बोहराको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुर हो। सोही कसुरमा कैद र जरिवानाको सजाय मागदाबी गर्दै आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आरोपपत्र दायर गरिएको जानकारी दिएका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...