
रसुवामा बाढीका कारण प्रभावित विभिन्न क्षेत्रबाट नेपाली सेनाले हेलिकोप्टरमार्फत १२ जनाको उद्धार गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिइएको नेपाली सेनाले जनाएको छ । उद्धार तथा राहतका लागि नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ ।
यस्तै, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सुरु गरेको छ । बाढी प्रभावित तथा उद्धार गरिएका घाइतेलाई तत्काल उपचार उपलब्ध गराउने उद्देश्यले मेडिकल टोली परिचालन गरिएको हो ।
रसुवाका बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ ।

