५५ किलो गाँजासहित एक युवक पक्राउ

cp new add
Nisharg hospital

सिरहा प्रहरीले ५५ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका–४ का २८ वर्षीय विक्रम यादव रहेका छन् ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोलबजारबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बुधबार बिहान करिब साढे ३ बजे नैनपुरबाट मुसहरनियातर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा तीनवटा बोरामा लुकाएर राखिएको ५५ किलो गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार यादवले २–०१–००४ प ८३६४ नम्बरको मोटरसाइकलमा गाँजा ओसारपसार गरिरहेका थिए । उनलाई गाँजा र मोटरसाइकलसहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता रमेशबहादुर पालका अनुसार पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालयमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...