बाढीबाट मृत्यु हुनेको संख्या २२ पुग्यो

cp new add
Nisharg hospital

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। बागमती प्रदेश प्रहरी कार्यालयको पछिल्लो विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनमा गरी २२ जनाको मृत्यु भएको हो।

Nast Ad

विवरण अनुसार रसुवामा एक पुरुष, नुवाकोटमा पाँच महिला र छ पुरुष गरी ११ जना, धादिङमा पाँच महिला, दुई पुरुष र दुई जनाको लिङ्ग नखुलेको गरी नौ जना तथा चितवनमा एक महिलाको मृत्यु भएको छ।

बाढी प्रभावित क्षेत्रमा ६५ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। रसुवाबाट ४३, नुवाकोटबाट १९ र धादिङबाट तीन जनाको उद्धार गरिएको विवरणमा उल्लेख छ।

उद्धार गरिएकामध्ये छ जना काठमाडौं र ३६ जना धुन्चेमा रहेको तथा एक प्रहरीसहित अन्य घाइतेको नुवाकोटमा उद्धार गरिएको विवरणमा उल्लेख छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...