रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना सम्पर्कविहीन

cp new add
Nisharg hospital

काठमाडौं । रसुवामा बुधबार बिहान अचानक बाढी आएपछि त्यस क्षेत्रमा ४७७ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा ७९ जना सुरक्षाकर्मी, १४ जना भन्सार कर्मचारी र ३८४ जना स्वदेशी तथा विदेशी पर्यटक रहेका छन् ।

Nast Ad

परराष्ट्रमन्त्री शिशिर खनालले बुधबार प्रतिनिधिसभा बैठकमा प्रहरी चौकीमा कार्यरत २६ प्रहरी र सशस्त्र प्रहरीतर्फ ९ जना सम्पर्कविहीन रहेको जानकारी दिए । नेपाली सेनातर्फ टिमुरे र मैलुङ पोष्टमा गरी ४४ जना सम्पर्कविहीन रहेको उनले जनाए । अर्थ मन्त्रालयले रसुवागढी भन्सार, अध्यागन कार्यालयका केही कर्मचारी सम्पर्कविहीन रहेको जनाएको छ । रसुवागढी भन्सारमा कार्यरत १४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

रसुवा भन्सारमा ३६ स्थायी दरबन्दी रहेको थियो । तीमध्ये प्रमुख भन्सार प्रशाशक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा रहेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, चारजना करार र ज्यालादारी कर्मचारीमध्ये एकजना मात्र सम्पर्कमा रहेका छन् । ११ जना स्थायी र तीनजना करार तथा ज्यालादारी गरी कुल १४ जना कर्मचारीबारे खोजी कार्य जारी रहेको सचिवालयले जनाएको छ ।

नेपाल पर्यटन बोर्डले बाढीका कारण स्वदेशी र विदेशी गरी कुल ३८४ जना पर्यटक सम्पर्कविहीन रहेको जनाएको छ । सम्पर्कविहीन पर्यटकमध्ये २९१ जना विदेशी र ९३ जना स्वदेशी रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार, सम्पर्कविहीन भएका विदेशी पर्यटकमा १०५ जनाभन्दा बढी भारतीय रहेका छन् । बोर्डले विभिन्न सरोकारवाला निकायसँग सम्पर्क गरेर हराइरहेका पर्यटकको विवरण निकालेको जनाएको छ ।

बुधबार बिहान करिब साढे ८ बजेतिर चीनको तिब्बतबाट अचानक बाढी नेपालको भोटेकोसी नदीमा प्रवेश गरेको थियो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति गरेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...