रसुवा बाढीपछि पहिलोपल्ट संसद्मा बोल्दै प्रधानमन्त्री बालेन प्रेसपत्र प्रकाशित २०८३ भाद्र १७, बुधबार १२:४६ प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ।