
धनगढी । धनगढीको बोराडाँडीमा रहेको टाटा मोटर्सको बिक्रेता जिएआरएस ट्रेडिङले कैलारीका नरेश चौधरीले लगाएका आरोप सत्य नभएको दाबी गरेको छ ।
मोटर्स र चौधरीबीच गाडी खरिद सम्बन्धी विवादबारे प्रेसपत्रमा प्रकाशित ‘धनगढीको टाटा मोटर्सको बदमासी ः फाइनान्समा बेचिएको गाडी ७ महिनादेखि कब्जामा, नियमित किस्ता हाल्दा पनि पूरा रकम बुझाएर गाडी लैजान थ्रेट’ शिर्षकको समाचारको खण्डन गर्दै सञ्चालक अशोक पाण्डेले ती आरोपमा सत्यता नभएको दाबी गरेका हुन् ।
जिएआरएस ट्रेडिङले दुःख दिएको भन्दै चौधरी सम्पर्कमा आएपछि दुई पक्षबीचको विवादबारे प्रेसपत्रमा समाचार प्रकाशित गरिएको थियो । समाचारमा प्रतिक्रिया माग्दा सञ्चालक पाण्डेले प्रतिक्रिया दिन अस्वीकार गरेपछि उनकी म्यानेजर करिनाको अन्सारीको भनाइलाई प्राथमिकताका साथ प्रकाशित गरिएको थियो ।
प्रेस काउन्सिल नेपालले दिएको निर्देशनअनुसार पाण्डेले पठाएको खण्डनपत्रबारे यो समाचार प्रकाशित गरिएको हो ।
हेर्नुहोस् यस्तो छ उनको खण्डनपत्र


