निजामतीमा ३०-५५ प्रस्तावको इफेक्ट: ६ महिना जागीर बाँकी छँदै झापाको सीडीओले राजीनामा दिए

cp new add
Nisharg hospital

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पदबाट राजीनामा दिएका छन्।

दुई दिन अघि काठमाण्डौ गएर राजीनामा दिएका गेलालको आज विदाई गरिएको छ । उनले भोलिदेखि लागू हुने गरी दुई दिनअघि राजीनामा दिएका हुन्। नेपाल सरकारको सहसचिव रहेका गेलालले जागिरको ६ महिना अवधि बाँकी छँदै राजीनामा दिएका हुन् ।

सरकारले निजामती सेवामा जनशक्ति कटौती गर्ने तयारीसँगै ५५ वर्षमै कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्ताव अघि बढाएपछि गेलालले राजीनामा दिएको बताइएको छ।

सरकारले संघीय निजामती सेवामा कार्यरत ठूलो संख्याका कर्मचारी कटौती गर्ने तयारी गरिरहेको छ। लामो समयदेखि सेवामा रहेका तथा पुराना कर्मचारीलाई अवकाश दिने व्यवस्था संघीय निजामती विधेयकमै समेट्ने गरी गृहकार्य भइरहेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...