कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

cp new add
Nisharg hospital

धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भारतबाट भन्सार छली गरी ल्याइएका सामान प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको छ।

कैलाली जिल्लाका विभिन्न स्थानबाट अन्दाजी ७७ हजार रुपैयाँ बराबरका कपडा, प्लास्टिक पोलिथिनलगायतका सामान बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी १ लाख ६ हजार ९ सय रुपैयाँ बराबरका पटाका पनि प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उक्त पटाका बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...