
काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्ने भएकोे छ ।
बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्ने भएको हो।
बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आ।व। २०८२र८३को वार्षिक प्रतिवेदनको मस्यौदामा छलफल हुने कार्यसूची रहेको छ।
विधायन व्यवस्थापन समिति बिहान दिनको ११:३० बजे बस्ने भएको छ। बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल हुने कार्यसूच रहेको छ।
यस्तै, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा विपद् व्यवस्थापनका सम्बन्धमा छलफल हुने कार्यसूची छ।
पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्ने भएको छ। बैठकमा प्राकृतिक प्रकोप र यसले पूर्वाधार क्षेत्रमा पुऱ्याएको असर सम्बन्धमा छलफल हुनेछ।

